Logo
५ जेष्ठ २०८१, शनिबार
(August 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खोप लगाउन नपाएपछि वैदेशिक रोजगारीमाजाने तयारीमा रहेका युवाहरुको काठमाडौंमा पदर्शन

कोरोना खोप लगाउन नपाएको भन्दै बैदेशिक रोजगारीमा जाने तयारी पूरा गरेका युवाहरुले आज काठमाडौं प्रदर्शन गरेका छन् । विहानै माइतीघर मण्डलामा भेला भएर उनीहरुले प्रर्दशन गरेका हुन् ।

रोजगारदाता देशहरुले खोपलाई अनिवार्य गरेका छन् । भिसालगायतका प्रक्रिया पूरा गरेका युवाहरु घण्टौं लाइनमा बस्दा पनि खोप लगाउन नपाएपछि आक्रोशित हुदै सडकमा निस्किएका हुन ।

महाराजञ्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा हिजो राती ९ बजेदेखि लाइनमा बसेका उनीहरुलाई आज बिहान ५ बजे प्रहरीले खोप सकिएको भनेपछि उनीहरु सरकार विरुद्ध नारा लगाउँदै माइतीघर मण्डला पुगेका थिए ।

खोप लगाउन नपाएपछि वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवाहरु आक्रोशित, विहानै राजधानीमा गरे प्रदर्शन सरकारले वैदेशिक रोजगारीमा जानेहरुका लागि एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप लगाउने भने पनि खोपको मनपरी वितरणका कारण लक्षित वर्गमा खोप पुग्न नसकेको पाइएको छ ।

वैदेशिक रोजगारीमा जानेहरुलाई खोप उपलब्ध गराउन सरकारले चरम बेवास्ता गरेको आरोप उनीहरुले लगाएका छन् । सोही खोप लगाउन हप्तौंदेखि कुरेको तर अन्तिममा खोप सकिएको भनेर आफूहरुलाई निराश बनाएको गुनासो पनि युवाहरुले गरेका छन् ।

खोप लगाउन नपाएपछि वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवाहरु आक्रोशित, विहानै राजधानीमा गरे प्रदर्शन उता, खोप कार्यक्रमकमा प्रमुख डा झलक शर्माले हामीसंगको कुराकानीमा जोन्सन एण्ड जोन्सन खोपको मौज्दात सकिएको र थप खोप कहिले आउने भन्ने कुनै टुंगो नभएको जानकारी दिए ।

सरकारले खोपको ब्यवस्थित वितरण गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने हजारौं युवा अलपत्र पर्ने अवस्था आएको छ ।

 

प्रकाशित मिति: Aug 31, 2021

प्रतिक्रिया दिनुहोस्