Logo
५ जेष्ठ २०८१, शनिबार
(August 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज पनि सत्ता गठबन्धनको बैठक, मन्त्रालय बाँडफाँटका विषयमा छलफल गर्ने

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै छ।मंगलबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाइएको छ।

केही दिनयता लगातार गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू मंगलबार पनि छलफलमा जुटिरहेका छन्।गठबन्धनमा आबद्ध दलहरूबीच आज मन्त्रालयको भागबन्डा टुङ्ग्याउने र भोलि सम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको छ।

एकीकृत समाजवादी दल दर्ता भएपछि पहिलो पटक सोमबार गठबन्धनको औपचारिक बैठक बसे पनि केही दिनदेखि अनौपचारिक छलफलहरू जारी थिए।

अहिले गठबन्धनमा आबद्ध दलहरूबीच महत्त्वपूर्ण मन्त्रालयको बाँडफाँट, मन्त्रालयको सङ्ख्यालगायतका विषयमा कुरा मिलिसकेको छैन।

गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन्।

प्रकाशित मिति: Aug 31, 2021

प्रतिक्रिया दिनुहोस्