Logo
५ जेष्ठ २०८१, शनिबार
(August 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेरो जीवन नाफाको हो ! सास रहुञ्जेल देश निर्माणमा खर्चिन्छु : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो जीवन नाफाको भएकाले सम्पूर्ण जीवन दिगो शान्ति स्थापना गर्ने र समाजवादको बाटोमा सम्पूर्ण समर्पित गर्ने बताएका छन् ।

अढाइ महिनाअघि भारतमा उपचार गर्न गएर सोमबार फर्केका नेता खनालले अन्तर्राष्ट्रिय विमानस्थलमा सो कुरा बताएका हुन् ।

‘मेरो जीवन नाफाको हो, बोनस हो । सास रहुञ्जेल देश, राष्ट्र राष्ट्रियता, कम्युनिस्ट आन्दोलनको विस्तार र समाजवाद निर्माणको काममा समय खर्चिनुछ’ नेता खनालले भने, ‘दिगो शान्ति स्थापना गर्ने र समाजवादको बाटोमा सम्पूर्ण जीवन समर्पित गर्नेछु ।’

उनले आफु ७० वर्ष कटिसकेकाले अब आफु पार्टीको कुनै कार्यकारी पदमा नबस्ने घोषणा समेत गरे । ‘मसँग अब कुनै कार्यकारी पोष्ट माग्ने नैतिक अधिकार छैन । ७० वर्ष पुगिसकेको छु’ खनालको भनाइ छ । उनले कम्युनिस्ट आन्दोलन फुट र विभाजनमा जान नसक्ने भन्दै केपी ओलीको पार्टी गुट र अहंकार व्यक्तिवादको प्रतीक बनाएकाले आफुहरुले विद्रोह गर्नुपरेको पनि बताए ।

‘विद्रोह फुट होइन । यो विद्रोह थोरै मान्छेको हो कि जस्तो लाग्नसक्छ, तर सयौं, हजारौं र लाखौं हुँदै क्रान्तिको विकास हुन्छ । अहिले यो झिल्कोका रुपमा मात्रै छ ।’

खनालले अघि भने, ‘कम्युनिस्ट पार्टीको सरकार ढल्यो भनेर गोहीको आँसु बगाउन कुनै जरुरी छैन । कम्युनिस्ट पार्टीको नाममा बद्नाम सरकार थियो, त्यो ढल्यो ।’

उनले अब बाम लोकतान्त्रिक शक्तिको गठबन्धनबाट अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति: Aug 30, 2021

प्रतिक्रिया दिनुहोस्