Logo
५ जेष्ठ २०८१, शनिबार
(August 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दार्चुलाका जयसिंह बेपत्ता घटनामा सरकारको अडान प्रष्ट पार्न गठबन्धन दलको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवालाई दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारको अडान प्रष्ट पार्न सत्ता गठबन्धनका नेताहरुले आग्रह गरेका छन् ।

सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाश लगायतले छानविन समितिको प्रतिवेदन आउन ढिलाइ भएकोमा असन्तुष्टि जनाएका छन् ।

उनीहरुले भने, ‘तत्काल प्रतिवेदन ल्याउनुपर्यो, हाम्रो अडान प्रष्ट पार्नुपर्यो र त्यसका आधारमा भारतसँग वार्ता गर्नुपर्यो ।’

गत साउन १५ गते तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०का जवानले तार खुस्काइदिँदा जयसिंह धामी महाकाली नदीमा खसेका थिए । घटनाबारे छानविन गर्न भन्दै सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति बनाएको छ । तर अहिलेसम्म समितिले प्रतिवेदन तयार पार्न सकेको छैन् ।

प्रकाशित मिति: Aug 30, 2021

प्रतिक्रिया दिनुहोस्