Logo
५ जेष्ठ २०८१, शनिबार
(August 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारलाई दिगो विकास लक्ष्यलाई प्राथमिकता दिएर काम गर्न संसदीय समितिको निर्देशन

file photo

सरकारलाई दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचनालाई उच्च प्राथमिकता दिई काम गर्न दिगो विकास तथा सुशासन समितिले निर्देशन दिएको छ ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारलाई दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचनालाई उच्च प्राथमिकता दिई काम गर्न निर्देशन दिएको हो ।

समितिले विषयगत मन्त्रालयहरुले दिगो विकास लक्ष्यबारे गरेको प्रगति र चुनौती तथा समाधानका उपायबारे छलफल र अनुगमन गर्न आवश्यक रहेको समेत औंल्याएको छ ।

बैठकले दिगो विकास लक्ष्य हासिल गर्न प्रदेशसँग सहकार्य गर्नुपर्ने र दिगो विकास लक्ष्यलाई स्थानीयकरण गरी स्थानीय तहको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने पनि औंल्याएको छ ।

समितिले तीनवटै तहसँग समन्वय गरी दिगो विकास लक्ष्य प्राप्तितर्फ पहल गर्ने निर्णय समेत गरेको समितिकी सभापति तारादेवी भट्टले जानकारी दिइन् ।

 

प्रकाशित मिति: Aug 29, 2021

प्रतिक्रिया दिनुहोस्