Logo
५ जेष्ठ २०८१, शनिबार
(August 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज सप्तकोशीमा पानीको बहाव यस वर्षकै उच्च, गरैया टापुका २० घर परिवारलाई उद्धार गरिँदै

लगातारको बर्षासँगै सप्तकोशी नदी बहाव आज यस वर्षकै उच्च पुगेको छ । लगातारको वर्षासँगै पछिल्ला दिनमा बढ्दो क्रममा रहेको नदीको बहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो ।

कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापन अनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड बहाव पुगेको छ ।

नदीको बहाव बढेसँगको कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन । साउन ३२ गते २ लाख ५६ हजार २० क्यूसेक प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो ।

सप्तकोशीमा बहाव प्रतिसेकेण्ड एकलाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ ।पूर्वका अधिकांश भेगमा वर्षा भइरहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ । जसका कारणसमेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाव थप बढ्ने आंकलन गरिएको छ ।

स्थानीय प्रशासनले जोखिमलाई ध्यान दिँदै सतर्क रहन स्थानीयबासीलाई अनुरोध गरेको छ ।यसैबीच निरन्तरको वर्षासँगै कोशीको बहावमा निकै उतारचढाव देखिदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ ।

यसअघि कटान भएका ठाउँमा पुनः कटान शुरू भएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केही स्थानमा कटान गरेको खबर प्राप्त भएको बताए ।

उनका अनुसार गरैया टापुका २० घर परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ । नदीको बहाव बढेसँगै प्रजिअसहितको टोली कोशी क्षेत्रको निरीक्षणमा निस्केको छ ।

 

 

प्रकाशित मिति: Aug 29, 2021

प्रतिक्रिया दिनुहोस्