Logo
५ जेष्ठ २०८१, शनिबार
(August 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झन्डै साढे २ महिनाको उपचारपछि झलनाथ खनाल भोली स्वदेश फर्किँदै

नेता झलनाथ खनाल मिर्गौला प्रत्यारोपण गरेर झन्डै साढे २ महिनापछि सोमबार स्वदेश फर्किँदै छन्।

गत असार २ गते उपचारका लागि भारतको नयाँ दिल्ली गएका खनाल सोमबार दिउँसो काठमाडौँ आइपुग्ने खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन् ।

खनालका स्वकीय सचिव भट्टराईका अनुसार खनालको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उनी भोलि दिउँसो स्वदेश फर्किन लागेका हुन्। खनालको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

सुरूमा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका खनाललाई थप उपचारका लागि दिल्ली लगिएको हो।खनालले जाने दिन विज्ञप्ति जारी गर्दै पार्टी एकताका लागि आह्वान गरे पनि नयाँ दिल्लीबाटै उनले नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा राजदूतावास मार्फत सनाखत गरेका थिए।

प्रकाशित मिति: Aug 29, 2021

प्रतिक्रिया दिनुहोस्