Logo
२२ बैशाख २०८१, शनिबार
(August 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३८ जिल्लामा महाधिवेशन गर्नका लागि कांग्रेसले खटायो निर्वाचन प्रतिनिधि (सूचीसहित)

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटाएको छ ।भदौ १८ गते हुने वडा अधिवेशन देखि जिल्ला अधिवेशनसमेतको निर्वाचन गर्न समितिले ३८ जिल्लामा प्रतिनिधि खटाएको हो ।

प्रतिनिधिहरूलाई ती जिल्लाको क्रियाशील सदस्यताको सूची, निर्वाचन निर्देशिका र आवश्यक प्रशिक्षणसमेत दिइएको छ ।कांग्रेसमा क्रियाशील सदस्यताको विवाद सैद्धान्तिकरूपमा टुंगिएपनि व्यवहारिक समस्या देखिएको छ ।

जिल्ला सभापतिहरू क्रियाशील सदस्यको सूची सार्वजनिक लगायतका माग राखेर आन्दोलनमा उत्रिएका छन् ।निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार कांग्रेस केन्द्रीय समितिले उपलब्ध गराएको क्रियाशील सदस्यता सूचीका आधारमा ३८ जिल्लामा प्रतिनिधि खटाइएको हो ।

‘हाम्रो दायित्व सबै जिल्लामा निर्वाचन गराउने हो । अहिलेलाई ३८ जिल्लामा प्रशिक्षण दिएर प्रतिनिधि खटाएका छौं । कांग्रेसले मतदाता सूची दिनासाथ अन्य जिल्लामा पनि खटाउँछौ’, घिमिरेले भने ।

घिमिरेले भने,  ‘कति जिल्लामा निर्वाचन हुने भन्नेकुरा हामीमा भन्दा पार्टीको निर्णयमा भर पर्छ । हामीले निर्वाचनको व्यवस्थापन गर्ने हो । कहाँ गर्ने कहाँ नगर्ने उहाँहरुको कुरा हो’।

वडा अधिवेशनका लागि १ सातामात्रै बाँकी रहँदा आधा जिल्लामा मात्रै प्रतिनिधि खटाइएकोले सबै जिल्लामा एकैसाथ अधिवेशन हुने सम्भावना कम देखिन्छ ।

निर्वाचन समितिलाई उपलब्ध गराइएको ३८ जिल्लाको सूची कांग्रेसको वेबसाइटमा पनि सार्वजनिक गरिएको छ ।

 

प्रकाशित मिति: Aug 27, 2021

प्रतिक्रिया दिनुहोस्