Logo
२२ बैशाख २०८१, शनिबार
(August 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दलसम्बन्धी अध्यादेशविरुद्ध परेको रिट संवैधानिक इजलासमा

राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध परेको रिट संवैधानिक इजलासको पेशीमा चढेको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेश संविधानसँग बाझिएको र संवैधानिक मर्म विपरित जारी गरिएको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको निवेदन संवैधानिक इजलासको पेशीमा चढेको हो ।

तर यसअघिका निवेदनहरुकै चाङ भएकाले ती निवेदन शुक्रबार सुनुवाई हुने सम्भावना कम भएको सर्वोच्च अदालत स्रोतले बताएको छ । ती निवेदनहरुभन्दा अघि अरु २०–२२ वटा निवेदनहरु सुनुवाई गर्नुपर्ने भएकाले छिटोमा अर्को शुक्रबार मात्रै सुनुवाईका लागि पालो आउने सम्भावना छ ।

बुधबार र शुक्रबार सर्वोच्च अदालतका संवैधानिक इजलास बस्ने भएपनि शुक्रबारमात्रै नयाँ निवेदनको सुनुवाईको पालो पर्छ ।

प्रकाशित मिति: Aug 27, 2021

प्रतिक्रिया दिनुहोस्