Logo
२२ बैशाख २०८१, शनिबार
(August 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देवदहको घोडाहा खोला पुल भासिदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

बाढीका कारण देवदहको घोडाहा खोला पुल भासिदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।अविरल बर्षाका कारण पुल भासिएपछि पूर्व(पश्चिम राजमार्गमा यातायात सेवा अवरुद्ध भएको हो ।

पुल भार्सिएसँगै उक्त सडकखण्ड हुँदै आवत(जावत गर्ने सवारी साधनहरु दुवैतर्फ रोकिएका छन् ।ट्राफिक प्रहरीका अनुसार नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका-१० लण्डनब्रिजस्थित पूर्वपश्चिम राजमार्गको सडकखण्ड बासा, भुताहा र सुनवल नगरपालिका-१२ बडेरास्थित रहेको ड्राइभर्सन पनि बाढीले बगाएको छ ।

अविरल वर्षाका कारण रुपन्देहीको तिलोत्तमाको मणिग्राम, शान्तिनगर, सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार, भैरहवा, परासी बजार लगाएतका ठाउँ डुवानमा परेको छ लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकरी दिएको छ ।

त्यस्तै निरन्तरको वर्षाका कारण तिनाउ, दानव, रोहिणी तटिय क्षेत्र पनि डुवानमा परेको छ ।वर्षातका कारण तिनाउ,कपिलवस्तु वाणगंगा नदी आसपासको क्षेत्र पनि जोखिममा परेको छ भन्दै सतर्क रहन प्रहरी र स्थानीय तहले अपिल गरेका छन् ।

 

प्रकाशित मिति: Aug 27, 2021

प्रतिक्रिया दिनुहोस्