Logo
२२ बैशाख २०८१, शनिबार
(August 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चाक्सीबारीमा रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक जारी

नेपाली कांग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको छलफल जारी रहेको छ ।पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी बैठक अहिले बसी रहेको छ ।

साढे आठ बजेदेखि जारी छलफलमा क्रियाशील सदस्यता विवाद, जिल्ला सभापतिले सुरु गरेको रिले अनसनको बारेमा छलफल भइरहेको बताइएको छ ।

पौडेल समूहको शीर्ष नेताहरुको बैठकपछि अहिले केही सभापतिहरुसहित बैठक बसिरहेको बताइएको छ । बैठकमा पौडेलसहित महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुननरसिंह केसी, दिलेन्द्र बडु र रामशरण महत्तलगायत नेताहरु सहभागी छन् ।

प्रकाशित मिति: Aug 27, 2021

प्रतिक्रिया दिनुहोस्