Logo
२२ बैशाख २०८१, शनिबार
(August 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुख र निर्वाचन आयोगविरुद्ध कानूनी उपचारमा जाने एमालेको निर्णय

निर्वाचन आयोग र सभामुख अग्नि प्रसाद सापकोटाविरुद्ध कानूनी उपचारमा जाने एमाले केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ ।

नेकपा एमालेले पार्टीको कारवाहीमा परिसकेका व्यक्तिलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै निर्वाचन आयोगविरुद्ध अदालत जाने निर्णय गरेको हो ।

१४ जना सांसदलाई विधान र कानूनबमोजिम गरिएको कारवाहीलाई अघि नबढाएकोमा सभामुख अग्नि सापकोटा र कारवाहीमा परेका व्यक्तिको सनाखत लिएकोमा निर्वाचन आयोगविरुद्ध कानूनी उपचारमा जाने निर्णय बैठकले गरेको सचिव प्रदीप ज्ञवालीले बताए ।

बैठकले पार्टी विभाजनमा लागेका केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगमा एमालेको अभिलेखबाट हटाउने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति: Aug 26, 2021

प्रतिक्रिया दिनुहोस्