Logo
२२ बैशाख २०८१, शनिबार
(August 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अघिल्लो सरकारले ल्याएको बजेट परिमार्जन गरी प्रतिस्थापन विधेयक ल्याउने तयारीमा अर्थमन्त्रालय

अघिल्लो सरकारले ल्याएको अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेट सरकारले परिमार्जन गरी प्रतिस्थापन विधेयकको तयारी थालेको छ ।

अर्थमन्त्रालयले बिहीबार अन्य मन्त्रालयका सचिवहरुलाईसमेत बोलाएर प्रतिस्थापन विधेयकका सम्बन्धमा सुझाव सङ्कलन गरेको छ ।

नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न अर्थमन्त्रालयले प्रतिस्थापन विधेयकको तयारी सुरु गरिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकका प्राथमिकताबारे प्रकाश पार्दै विद्यमान अर्थतन्त्रलाई उत्पादनमुखी दिशातर्फ सोझ्याउने गरी कार्यक्रम परिमार्जन गरेर पठाउन सचिवहरूलाई निर्देशन दिएका छन् ।

अध्यादेश बजेट परिमार्जन गर्दा सङ्घीयताको व्यवहारिक कार्यान्वयनलाई बल पुग्ने, वित्तीय अनुशासन कायम गर्ने तथा पुँजीगत खर्च बढाउने र पुँजी निर्माण गर्ने खालका कार्यक्रमहरूमा जोड दिनुपर्ने मन्त्री शर्माको भनाइ छ ।

प्रकाशित मिति: Aug 26, 2021

प्रतिक्रिया दिनुहोस्