Logo
२२ बैशाख २०८१, शनिबार
(August 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालले भने : ‘ओली अहंकारको कारण विद्रोह गर्नेबाहेक विकल्प नभएकाले कठोर निर्णय लिए’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओली अहंकारको घोडामा सवार भएपछि विद्रोह गर्नेबाहेक विकल्प नभएकाले कठोर निर्णय लिएको बताए ।

निर्वाचन आयोगमा एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेपछि पहिलोपटक आज सम्बोधन गर्दै उनले विद्रोह गर्नेबाहेक विकल्प नभएकाले कठोर निर्णय लिएको बताएका हुन् । नेपाले भने, ‘ओली अहंकारको घोडामा सवार भएपछि विद्रोहको विकल्प भएन तर अवसरवादीहरुले विद्रोहको आँट गरेनन्’ ।

ओलीको चर्को आलोचना गरेर नेपालले दक्षिणपन्थी भासमा फसेको आरोप समेत लगाए । ओलीलाई प्रतिगमनकारीको संज्ञा दिदै प्रतिनिधि सभा दुईपटक विघटन गर्ने किर्तिमान बनाएको बताए । उनले तत्काल ओली समूहलाई छाडेर आउन आव्हान समेत गरे ।

प्रकाशित मिति: Aug 26, 2021

प्रतिक्रिया दिनुहोस्