Logo
१५ बैशाख २०८१, शनिबार
(August 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधव नेपाल नेतृत्वको पार्टीको नामबाट एमाले हट्ने !

नेकपा एमालेबाट टुक्रिएर गएका नेता माधव कुमार नेपाल नेतृत्वको पार्टीको नाममा नेकपा एमाले हट्ने भएको छ ।

एमाले विभाजन गरेका नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा बुधबार निवेदन दिएका थिए । यद्यपि राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार नियमावली बिहीबार मात्र आएकाले शुक्रबार फेरि निवेदन दिने तयारी छ ।

त्यसको अघिल्लो दिन एमाले समाजवादी नेता डा। विजय पौडेल आयोग पुगेका थिए । आयोगका अधिकारीहरुलाई भेट्दा सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएका छन् ।

पौडेलले नेकपा एमाले समाजवादी नभए नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी राख्न मिल्छ त भनेर समेत सोधेका थिए ।

नेपाल समूहका नेताहरुका अनुसार नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी नाममा पार्टी दर्ता हुने सम्भावना रहेको छ ।

 

 

प्रकाशित मिति: Aug 20, 2021

प्रतिक्रिया दिनुहोस्