Logo
१५ बैशाख २०८१, शनिबार
(August 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन हटाए प्रदेश प्रमुख हरिशंकर मिश्रले कार्यकक्षमा राखिएको पृथ्वीनारायण शाहको तस्बिर!

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले आफ्नो कार्यकक्षमा कार्यभार सम्हालेलगत्तै नेपाल एकीकरणका सूत्राधार मानिने पृथ्वीनारायण शाहको तस्बिर हटाएका छन् ।

निवर्तमान प्रदेश प्रमुख डा. राजेश झा अहिराजले कार्यभार सम्हाल्नुअघि त्यहाँ राष्ट्रपति र प्रधानमन्त्रीको मात्र तस्बिर थियो । झाले दाहिनेतर्फ पृथ्वीनारायण शाहको तस्बिर सजाएर राखेका थिए ।

तर झालाई विस्थापित गरेर प्रदेश प्रमुख बनेका मिश्रले कार्यभार सम्हाले लगत्तै उक्त तस्बिर हटाउन लगाएका हुन् । अहिले उनको कार्यकक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको मात्र तस्बिर छ ।

निवर्तमान प्रमुख झाले उक्त तस्बिर एकताका राष्ट्रिय एकता र अग्रजको सम्मानका लागि राखेको बताउँदै आएका थिए ।गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारबाट नियुक्ति पाएका अहिराजलाई बर्खास्त गर्दै मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुख बनाउने निर्णय लिएको थियो ।

मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले मंगलबार अहिराजलाई हटाएर मिश्रलाई प्रदेश प्रमुखको शपथ गराएकी थिइन् ।

 

प्रकाशित मिति: Aug 19, 2021

प्रतिक्रिया दिनुहोस्