Logo
१६ बैशाख २०८१, आईतबार
(August 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तत्काल चुनावी स्वार्थभन्दा नयाँ मोडलको समाजवादको विकास गर्न भट्टराईको आग्रह

जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले समाजवादको नयाँ मोडल निर्माणका लागि एकजुट हुन आह्वान गरेका छन् ।

बिहीबार काठमाडौंमा गरिएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले-समाजवादी) का अध्यक्ष माधव नेपाललाई भट्टराईले तत्कालको चुनावी लोभतर्फ भन्दा पनि समाजवादको नयाँ मोडल बनाउने तर्फ लाग्न आग्रह गरेका हुुन् ।

सबैको मेहनतले उन्नत विचार खोज्न सकिने भन्दै भट्टराईले भने, ‘हिजो कसैले माओवादी, कसैले एमाले भन्यौं । चुनावी मोहले गर्दा त्यो छोड्न हामीलाई गाह्रो भयो । तर, अब हामीले आँट गर्नैपर्छ । तत्काल चुनावी स्वार्थभन्दा नयाँ खालको समाजवादको मोडल विकास गर्नतिर लाग्नपर्छ ।’

सरकारले दल विभाजनसम्बन्धि अध्यादेश ल्याएपछि बुधबार मात्र नेकपा एमाले र जसपा विभाजित भएको छ । माधव नेपालले एमाले समाजवादी तथा महन्थ ठाकुरले जसपा लोकतान्त्रिक नामको दल दर्ताका लागि निर्वाचन आयेगमा निवेदन दिएका छन् ।

यस्तोमा भट्टराईले नयाँ विकसित परिस्थितिमा समाजवादी बाटोमा लाग्न अरु नेतालाई आग्रह गरेका हुन् ।

प्रकाशित मिति: Aug 19, 2021

प्रतिक्रिया दिनुहोस्