Logo
५ जेष्ठ २०८१, शनिबार
(August 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज राति ८ बजेपछि उपत्यकामा सवारी साधन चलाउन नपाइने

काठमाडौं उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ ।

कोभिड-१९ को सङ्क्रमण जोखिम बढेको जनाउँदै स्थानीय प्रशासनले राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरेको हो ।

उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रजिअसहितको बैठकले उक्त आदेश जारी गरी लागू गरेको हो ।

आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको जनाइएको छ । अन्य ढुवानीका साधन भने तोकिएका समयमा सञ्चालन गर्न सकिने छ ।

अत्यावश्यक काममा प्रयोग हुने सवारी भने चौबीसै घण्टा सञ्चालन हुने छ । पछिल्लो दुई हप्तादेखि उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ ।

अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत राखिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

कोभिड-१९ को सङ्क्रमण जोखिम बढेसँगै अन्य विभिन्न जिल्लामा पनि आदेशमा कडाइ गर्न थालिएको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को तेस्रो लहर आउनसक्ने चेतावनी दिइसकेको छ ।

 

 

प्रकाशित मिति: Aug 12, 2021

प्रतिक्रिया दिनुहोस्