Logo
५ जेष्ठ २०८१, शनिबार
(August 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तान सरकारद्वारा सेना प्रमुख अहमदजाइलाई बर्खास्त

अफगानिस्तानको सरकारले सेना प्रमुखलाई बर्खास्त गरेको छ । गत जुन महिनामा नियुक्त भएका सेना प्रमुख वली महम्मद अहमदजाइलाई सरकारले पदबाट बर्खास्त गरेको हो ।

तालिबान र अफगानी सेनाबीचको लडाइँ जारी रहेकै बेला सरकारले सेना प्रमुखलाई नै बर्खास्त गरेको हो ।अफगानिस्तानमा तालिवानले एकपछि अर्को सहर कब्जा गरिरहेको छ ।

तालिवानले अफगानिस्तानका ३४ मध्ये ९ वटा प्रान्तीय राजधानी कब्जा गरिसेको बताइएको छ । त्यहाँको दोस्रो ठुलो सहर कान्दाहारको एउटा जेललाई तालिवानले कब्जामा लिएर सयौँ कैदीहरूलाई रिहा गरिदिएको बीबीसीले उल्लेख गरेको छ ।

तालिवानले श्रृंखलाबद्धरुपमा अफगानिस्तानका प्रान्तीय राजधानीहरू कब्जा गर्दै हिंसा बढाइरहेको अवस्थामा सरकारले बुधवार सेना प्रमुखलाई नै बर्खास्त गरिदिएको हो ।

अमेरिकाले आफ्ना सेना फिर्ता बोलाएपछि तालिवानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिइरहेको छ । २० वर्षदेखि अमेरिकी सेना अफगानिस्तानमा थिए ।

प्रकाशित मिति: Aug 12, 2021

प्रतिक्रिया दिनुहोस्