Logo
३ जेष्ठ २०८१, बिहीबार
(August 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवाले बोलाइए मन्त्रिपरिषद् बैठक, गृह सचिव फेरिँदै

प्रधानमन्त्री शेर बहादुर देउवाले आज मन्त्रिपरिषद् बैठक डाकेका छन् ।

आज दिउँसो ३ बजे बालुवाटारमा बोलाइएको बैठकले गृह सचिवलगायत केही सचिवहरू परिवर्तन गर्दै छ । नयाँ सरकार बनेको लामो समय भइसक्दासमेत मन्त्रिमण्डल बिस्तार हुन नसकेपछि यसअघि नै भई सक्नु पर्ने सचिवको सरुवासमेत रोकिएको छ ।

अवधि पुगिसकेका सचिवहरूको सरुवा गर्ने, अवकाशमा गएका सचिवको ठाउँमा नयाँ सचिव पठाउने तथा अतिरिक्तमा रहेका नवनियुक्त सचिवहरूको पदस्थापन हुन नसक्दा प्रशासनिक कामकारबाहीमा असर पर्दै आएको थियो ।

प्रधानमन्त्री देउवाले मन्त्रीमा नियुक्त भएको एक महिनासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना हुन लागेको छ ।

प्रकाशित मिति: Aug 9, 2021

प्रतिक्रिया दिनुहोस्