Logo
३ जेष्ठ २०८१, बिहीबार
(August 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको साझा कार्यक्रम : स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गरिने

सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक भएको छ ।आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा  सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

सरकारले आगामी चैतसम्म सबै जनतालाई कोभिड खोपको व्यवस्था गर्ने कार्यक्रम रहेको साझा कार्यक्रममा उल्लेख छ । साथै स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै साझा तराई मधेश लगायत विभिन्न क्षेत्रमा संर्घष गरेका समुहसँग सरकारले गरेको सहमितलाई तदारुकताका साथ कार्यान्वयन गर्ने निति कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: Aug 8, 2021

प्रतिक्रिया दिनुहोस्