Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप ३७२९ जनामा कोरोना पुष्टि, २५ संक्रमितको मृत्यु

आज देशभर थप ३७२९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार ९ हजार ४ सय ९३ पीसीआर परीक्षण गर्दा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ९९ गरी ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ । योसँगै १० हजार १९ जना व्यक्तिको निधन भएको छ। त्यस्तै आज थप १८८५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

देशभर ३४ हजार ९४२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३१ हजार ४२७ होम आइसोलेसनमा रहेका छन्।

संस्थागत आइसोलेसनमा ३ हजार ५१५ भने ७३२ जना आइसियुमा र १५८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।देशभर ३५६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: Aug 6, 2021

प्रतिक्रिया दिनुहोस्