Logo
३ जेष्ठ २०८१, बिहीबार
(August 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक जारी

नेकपा एमालेका नेता माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहेको छ ।

विहान ११ बजेदेखि बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बसेको बैठकमा केन्द्रीय सदस्यहरुका सुझाव लिइने माधव नेपालको सचिवालयले जनाएको छ ।

विहीवार शुरु भएको बैठकमा केही केन्द्रीय सदस्यले सुझाव दिएका थिए । अधिकांशले कार्यदलले माधव नेपाललाई धोका दिएको भन्दै अहिलेको अवस्थामा केपी ओलीसँग एकता हुन नसक्ने सुझाव दिएका थिए ।

बैठकमा केन्द्रीय सदस्यहलाई आफ्नो धारणा राख्नका लागि ३ मिनेटको समय निर्धारण गरिएको छ । बैठक आज समापन गर्ने तयारी भएको नेताहरुले बताएका छन् ।

बैठकमा ७० जनाभन्दा बढी केन्द्रीय सदस्य सहभागी छन्  ।केन्द्रीय सदस्यहरुको सुझाव लिइसकेपछि नेपालले जिल्ला पदाधिकारीहरुसँग समेत छलफल गर्ने भएका छन् ।

प्रकाशित मिति: Aug 6, 2021

प्रतिक्रिया दिनुहोस्