Logo
३ जेष्ठ २०८१, बिहीबार
(August 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृह मन्त्रालयको छानबिन टोली दार्चुला पुुग्यो, आजदेखि काम सुरु गर्ने

गृहमन्त्रालयका सहसचिव जनार्दन नेपाल नेतृत्वको टोली दार्चुला घटनाबारे छानबिन गर्न दार्चुला पुगेको छ ।

भारतीय पक्षले तुइन चुडाइदिंदा महाकाली नदी तर्दै गरेका नेपाली युवक खसेर बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको टोली दार्चुला पुगरे आजबाट काम थाल्ने भएको हो ।

१५ साउनमा व्यास गाउँपालिका-२ का जयसिंह धामी महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले डोरी चुडाइदिएपछि उनी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।

सो घटना छानबिन गर्न गठित टोली मंगलबार जिल्ला आइपुगेको दार्चुला प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।दार्चुला सदरमुकामबाट पैदल हिँडेर घटनास्थल व्यास गाउँपालिका-२ को मालघाटसम्म पुुग्न दुुई दिन लाग्छ । सत्यतथ्य पत्ता लगाइ प्रतिवेदन बुझाउन १० दिनको समय पाएको उक्त टोलीले मंगलबार घटनाको छानबिन कसरी गर्ने ? घटनास्थलसम्म कसरी जाने ?लगायतका विषयमा स्थानीय अधिकारीहरुसँग छलफल गरेको थियो ।

टोलीले धामी तुुइन तर्ने क्रममा घटनास्थलमा रहेका प्रत्यक्षदर्शीसँग समेत भेट गर्नेछ भने घटनास्थलमै पुुगेर अध्ययन पनि गर्नेछ ।

‘घटनास्थलसम्म के-कसरी पुुग्न सकिन्छ भन्ने कुरा भएको छ,’ डीएसपी भट्टले भने, ‘बाटोघाटो नभएका कारण पैदल हिंडेरै भएपनि टोली त्यहाँ पुुग्छ । अनुुकूल मौसम भए हेलिकप्टरको प्रयोग गर्ने विकल्पमा पनि छलफल भएको छ ।’

प्रत्यक्षदर्शीका भनाइमा भारतीय एसएसबीले तुुइन तर्ने क्रममा रुखमा बाँधेको फलामे डोरी फुुकालिदिएपछि धामी नदीमा खसेर बेपत्ता भएका थिए ।

घटना भएको पाँच दिन बित्दा समेत उनको अवस्था अज्ञात छ । जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीले उनको खोजी कार्य जारी राखेको छ ।

 

प्रकाशित मिति: Aug 4, 2021

प्रतिक्रिया दिनुहोस्