Logo
१५ बैशाख २०८१, शनिबार
(August 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन आयोगद्वारा यी ४१ वटा राजनीतिक पार्टीको दर्ता खारेज (सूचीसहित)

निर्वाचन आयोगले ४१ वटा राजनीतिक पार्टीको दर्ता खारेज गरेको छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मंगलबार बसेको आयोगको बैठकले तीन वर्षसम्म लेखा प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूको दल दर्ता गरेको हो । आयोगका अनुसार साउन २० गतेदेखि यो निर्णय लागू हुनेछ ।

दर्ता खारेज भएका दलहरूको नाम, झण्डा र चुनाव चिन्ह एक बर्षसम्म अरुले प्रयोग गर्न पाउने छैनन् । आयोगको निर्णयसँगै अव निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरूको संख्या ९५ वटामा सीमित भएको छ ।

यसअघि आयोगमा १३६ वटा दल दर्ता रहेका थिए ।आयोगको निर्णय अनुसार अखण्ड नेपाल, शिवसेना पार्टी, नेपाली काँग्रेस राष्ट्रवादी, चुरे भावर, लगायतका दलहरूको दर्ता खारेज भएको हो ।

त्यसैगरी संघीय लिम्बुवान र किराँत खुम्बु वान पार्टीको पनि दर्ता खारेज भएको छ ।

 

प्रकाशित मिति: Aug 3, 2021

प्रतिक्रिया दिनुहोस्