Logo
३ जेष्ठ २०८१, बिहीबार
(August 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दार्चुला घटनाबारे संसदीय छानविन समिति गठन गर्न एमालेको माग

नेकपा एमालेले दार्चुला घटनाबारे संसदीय छानविन समिति गठन गर्न प्रतिनिधिसभा बैठक माग गरेको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकको शुरुमै एमाले सांसदहरुले उठेर विरोध गरे । त्यसपछि सभामुखले समय दिएपछि एमालेको तर्फबाट धारणा राख्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै एसएसबीको जवानले तार काट्दा जयसिंह धामी नदीमा खसेको बताउदै घटनाबारे संसदीय छानविन समिति गठनको माग गरेका हुन् ।

एमालेले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काट्दा नेपाली नागरिक महाकाली नदीमा खसेको भन्दै भारतसामू औपचारिक विरोध जनाउन माग गरेको छ ।

प्रत्यक्षदर्शीहरुको बयान र जयसिंह धामीको परिवारले किटानी जाहेरी दिइसक्दा पनि सरकारले भारतीय राजदूतलाई बोलाएर औपचारिक बिरोध जनाउन नसकेको उनले आरोप समेत लगाएका छन् ।

ठगुन्नाले भने, ‘भारतीय राजदूतलाई बोलाएर विरोध जनाउन, दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउनुको सट्टा प्रशासनिक कर्मचारीको नेतृत्वमा छानविनको नाटक गरेर घटना साम्य पार्ने प्रयास गरिरहेको छ ।’ गृह मन्त्रालय र स्थानीय प्रशासनको वक्तव्य हेर्दा सरकार गम्भीर नदेखिएको समेत उनले बताए ।

सांसद ठगुन्नाले घटनाको विरोधमा भारतसँग औपचारिक विरोध जनाउन, मृतकका परिवारलाई क्षतिपूर्ति घोषणा गर्न र दोषी एसएसबीलाई कारबाही गर्न माग गरेका छन् । साथै घटनाको छानविन गर्न संसदीय समिति बनाउन र दार्चुला-तिनकर सडकलाई राष्ट्रिय गौरव आयोजना घोषणा गर्न माग गरेका छन् ।

प्रकाशित मिति: Aug 3, 2021

प्रतिक्रिया दिनुहोस्