Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक बस्दै

Senior Leader of Nepali Congress, Ram Chandra Paudel addressing Nepali Congress cadres, supporters participated during the nationwide rally protest against Nepal Communist Party (NCP) and Government calling the government out for corruption, bad governance in Kathmandu, Nepal on Monday, December 14, 2020. (Photo by Narayan Maharjan/NurPhoto via Getty Images)

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजेपछि नेता प्रकाशमान सिंहको निवास ठमेलमा बस्ने तय भएको प्रकाशमानको सचिवालयले जानकारी दिएको छ ।

क्रियाशील सदस्यता विवाद, आगामी महाधिवेशन र सरकारका विषयमा छलफल गर्न बैठक बस्न लागेको पौडेल पक्षका एक नेताले जानकारी दिएका छन् ।

कांग्रेसमा क्रियाशील सदस्यताको विवादका कारण आगामी भदौमा तय भएको १४ औं महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको छ ।

यसपटक महाधिवेशन गर्नैपर्ने बाध्यताका बीचमा पार्टी सभापति शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रधानमन्त्री पद सम्हालेको तीन साता कटिसके पनि उनले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैन् । देउवा सरकार सञ्चालन र महाधिवेशन दुवैको दबाबमा परेका छन् ।

 

प्रकाशित मिति: Aug 3, 2021

प्रतिक्रिया दिनुहोस्