Logo
३ जेष्ठ २०८१, बिहीबार
(August 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्ता गठबन्धन कार्यदलको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुले गठन गरेको कार्यदलको बैठक जारी रहेको छ ।

सरकारको न्यूनतम साझा कार्यक्रमलाई आजै टुंगो लगाउने तयारी अनुसार बैठकमा बसेको कार्यदलका एक सदस्यले जानकारी दिएका छन् ।

कार्यदलको बैठक सोमबार पनि बसेको थियो । सो बैठकपछि नेताहरुले न्यूनतम साझा कार्यक्रममा मिहीन ढंगले छलफल गरेको र अर्को बैठकबाट टुंगो लगाउने बताएका थिए ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठलगायत नेताहरु रहेका छन् ।

प्रकाशित मिति: Aug 3, 2021

प्रतिक्रिया दिनुहोस्