Logo
४ जेष्ठ २०८१, शुक्रबार
(August 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधव नेपाल समूहको स्थायी कमिटी बैठक जारी

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक जारी रहेको छ । वुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बैठक शुरु भएको हो ।

एमालेको आन्तरिक एकता र राष्ट्रिय परिस्थितिबारे छलफल गर्न बैठक शुरु भएको बताइएको छ । गएको जेठ २७ गते दोस्रो तहका दश नेताले दश बुँदे सहमति गरेपनि एमालेको एकता कायम हुन सकेको छैन ।

अध्यक्ष केपी शर्मा ओलीतर्फको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सोमबार तीन बजे बैठक बोलाइएको छ ।

प्रकाशित मिति: Aug 2, 2021

प्रतिक्रिया दिनुहोस्