Logo
३० बैशाख २०८१, आईतबार
(August 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मनसुनी वायु प्रभावले देशका केही ठाउँमा आज भारी बर्षा हुने, सतर्क रहन आग्रह

मनसुनी वायुको प्रभावले आज देशका केही ठाउँमा भारी बर्षाको सम्भावना रहेको छ ।  आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ ।

अहिले प्रदेश नम्बर-१ का केही स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश-१, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पहाडी भू-भूगमा पहिरो तथा गेग्रान बहावको जोखिम र नदीनाला तथा खहरेखोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

प्रकाशित मिति: Aug 1, 2021

प्रतिक्रिया दिनुहोस्