Logo
२३ बैशाख २०८१, आईतबार
(July 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाको आधिकारिकताबारे निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट

जसपाको आधिकारिकता विवादमा यादव पक्षलाई दिएको निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिने निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै महन्थ सर्वोच्च पुगेका हुन् ।

निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने ठाकुरको निवेदनमा उल्लेख छ ।

रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्नुरनगराउनु भनी अन्तरिम आदेश जारीको माग गरेका छन् । निर्वाचन आयोगले साउन ११ गते जनता समाजवादी पार्टी ९जसपा० को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको थियो ।

आयोगमा ‘हेड काउन्ट’ पछि बहुमत रहेको भन्दै आयोगको पाँच सदस्यीय इजलासले आधिकारिकता यादव पक्षलाई दिएको हो ।रिटको पेसी आइतबारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

 

प्रकाशित मिति: Jul 30, 2021

प्रतिक्रिया दिनुहोस्