Logo
३० बैशाख २०८१, आईतबार
(July 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनआरएनए अस्ट्रेलियाको चुनावमा सहसचिव पदमा राकेश जोशीले दिए उमेदवारी

नेपाली सूचना प्रविधि विज्ञ तथा समाजसेवी राकेश जोशीले अस्ट्रेलिया एनआरएनए चुनावमा शनिवार अर्थात् ३१ जुलाईमा हुन गइरहेको चुनावमा जोशीले सहसचिव पदमा उम्मेदवारी दिएका छन् ।

उनका अनुसार समाजसेवा होस वा राजनीति जहाँ युवाको संलग्नता हुन्छ, त्यो सफल हुने गर्दछ , त्यो चाहे स्वदेशमा होस वा विदेशमा ।

अझ राजनीतिमा युवाको संलग्नताले राजनीतिलाई थप उँचाइमा पुग्न सहयोगी हुने गर्दछ । त्यही उँचाइ हासिल गर्नका लागि एनआरएनए अस्ट्रेलियाको चुनावमा एनएसडब्लुको प्रदेश सहसचिवको पदका लागि उम्मेदवारी दिएको जोशी बताउंछन । तर यो चुनाव कोभिड १९ को प्रकोपले गर्दा अनलाइन मार्फत हुने भएको छ ।

उनले यस अघि अस्ट्रेलियामा अप्ठयारोमा परेका नेपाली बिध्यार्थीहरुलाई परेका विभिन्न समस्याहरूमा सहयोगी हात बन्दै आएका छन् । समाजसेवी राकेश जोशी सबै एनआरएनए अस्ट्रेलियाका लागि परिचित नाम हो ।

विभिन्न सामाजिक काममा संलग्न जोशीले सन् २०१४ देखि अस्ट्रेलियामा सूचना प्रविधि क्षेत्रमा संलग्न भई विभिन्न इभेन्ट समेत आयोजना गर्दै आइरहेका छन् ।

उनीले भूकम्प, भूकम्पको रिकभरी, कोभिडको महामारी र नेपालमा भइरहेको बाढी, पहिरो जस्ता विभिन्न प्राकृतिक प्रकोपका बेला समुदाय र सामाजिक कार्यहरूमा संलग्न हुँदै आएका छन् ।

उनी लामो समय देखि स्थानीय समुदाय र विद्यार्थी कल्याणमा समेत जोशी संलग्न छन् । उनले अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको स्वास्थ्य समस्यामा सहजकारी भूमिका निर्वाह गर्दे आइरहेका छन् ।

त्यस्तै आप्रवासी विद्यार्थीहरूका शिक्षा क्षेत्रमा आइपर्ने समस्या समाधानमा लागि परेका छन् ।उनका इभेन्टहरूमा स्थानीय सासंदहरु समेतको संलग्नता देखिन्छ । जसले अस्ट्रेलिया र नेपाल बिचको मैत्री सम्बन्ध बलियो बनाउन मद्दत पुर्‍याएको छ ।

युवा उद्यमशीलत, अस्ट्रेलियामा नेपाली संस्कृतिको प्रवर्धन, एनआरएनए आन्दोलनमा नेपालीको संलग्नता बढाउने, अस्ट्रेलिया र नेपाल दुवैमा सामाजिक कामको विकास र व्यवस्थापनमा राम्रो भूमिका खेल्ने गरेका छन् ।

मुख्यतः नेपाली समुदायमा केन्द्रित, अस्ट्रेलियामा नेपालीहरूलाई ज्ञान, स्रोत र अनुभव उपयोग गर्न सहयोग पुर्‍याउन राम्रो मार्गदर्शन प्रदान गर्दे, दोस्रो पुस्ताका नेपालीलाई त्यहाँ नेपाल र नेपाली संस्कृतिहरूको साथ सामाजिक कार्यक्रमहरू आयोजना गरी दुई देशलाई नजिक ल्याउन योगदान गर्ने उनको लक्ष्य छ ।

अस्ट्रेलियामा सामाजिक संगठनको साथ काम गर्ने, सहित संगठनात्मक र समुदायको लागि आफ्नो कार्यकालको अवधिमा काम गर्ने प्रतिबद्धताहरू जनाएका छन् ।

प्रकाशित मिति: Jul 30, 2021

प्रतिक्रिया दिनुहोस्