Logo
२७ बैशाख २०८१, बिहीबार
(July 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युपिएफको आयोजनामा एशिया प्यासफिक स्तरिय नेतृत्व सम्मेलन सम्पन्न

कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलनको वाताबरण बनाउन युनिर्भसल पीस फडेरेसनको आयोजना गरेको एशिया प्रसान्त नेतृत्व र थिक टयाँक २०२२ ग्लोबल फोरमले एशिया व्यासफिक स्तरिय दुई दिने नेतृत्व सम्मेलन सम्पन्न भएको छ ।

यहि साउन १३ र १४ गते अर्थात २०२१ को जुलाइ महिनाको २८ र २९का दिन भर्चुअल सम्मेलनमा उत्तर दक्षिण कोरियाको पुनर्मिलन र एसिया प्रशान्तमा शान्ति र सुरक्षा विषयमा बिभिन्न दृष्टिकोणहरुमा एशिया प्यासफिक क्षेत्रका बिज्ञहरुले जोड दिएका छन् ।

सम्मेलनमा लागि तीन दर्जन भन्दा बढी राष्ट्रका हजारौ व्यक्तिले सहभागीता रहेको छ भने ४० भन्दा जना वक्ताहरुले दूई कोरियाबीचको पुनमिलनको सम्भाब्यताबारे बोलेका थिए ।

सम्मेलनमा राष्ट्रका पूर्व राष्ट्र प्रमुख ,संसद, कुटनितिक विज्ञहरूले सम्बोधन गदै कोरिया पुनमिलनको बारेमा एक्यबद्धता प्रकट गरे । सन २००५ मा. डा. सुन म्योङ मुन र उनकी धर्मपत्नी डा. हाक जा हान मुन ९जो अहिले विश्व शान्ति अभियानको नेतृत्व गरिरहका छन् ।

सम्मेलनमा नेपालका पूर्व उपराष्ट्रपति परमानन्द झाले यदि दुई कोरियाबीच पुनर्मिलन एक मात्र तरिका हो जुन पृथक परिवारका पीडित हृदयहरूलाई निको पार्छ । कोरियाली प्रायद्वीपको एकीकरणले कोरियाको प्रगतिमा मात्र योगदान पुर्याउछ भन्ने हैन पूर्वोत्तर एशिया र विश्वको शान्ति र समृद्धिलाई पनि सहयोग पुर्‍याउँछ ।

उपराष्ट्रपति झाले एक शान्त र एकीकृत कोरिया जुन युद्धको डरबाट मुक्त हुनेछ जो उत्तरपूर्वी एसियामा आर्थिक विकासको लागि उत्प्रेरक बन्ने दाबी गदै दुबै कोरियाको एउटै धर्म, समानभाषा, समान संस्कृति र समान परम्परा रहेको बताए ।

पूर्वमन्त्री हिसीला यमीले नेपालको शान्ति प्रकृयाको बारेमा चर्चा गदै विश्वलाई एकताबद्ध गर्ने उपयुक्त माध्यमनै बार्ता र छलफल भएको बताईन ।

उनले दुई कोरियालीहरु बीचको प्रगति मध्यस्थतामा कुरा गर्न रसिया र चाइनाले महत्वपूर्ण भूमिका खेल्नसक्ने बताईन ।
सम्मेलनमा पूर्वमन्त्री एकनाथ ढकालले कोरियाली प्रायदिपको शान्तिपूर्ण पूर्नमिलनको लागि सामाजिक अभियानहरु सञ्चालन गरेको बताउँदै दुबै कोरियाको एकिकरण बिस्तारै सम्भव बन्दै जाने बताए ।

ढकालले दुवै देशका नेताहरुले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्वन्धलाई थप मजबुद बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरेको बताउँदै यस्ता कार्यक्रम मार्फत कोरियाली प्रायदिपको पुर्नमिलनलाई सहयोग गर्ने बताए ।

युपीएफ एशिया प्यासफिकका अध्यक्ष समेत रहेका ढकालले बुद्ध जन्मिएको देश नेपाल र शान्तिप्रेमी नेपालिहरु सदैव शान्तिको पक्षमा उभिने बताए ।

लामो विभाजित र प्राविधिक रूपमा युद्धमा रहेका कोरियाली प्रायद्वीपका राष्ट्रहरुबिच शान्तिमय पुनर्मिलनको व्यावहारिक समाधान खोज्नका लागि समाजका सबै क्षेत्रका विज्ञहरूले आफ्नो अनुभव र अन्तरदृष्टि गरेका थिए ।

सम्मेलनमा एशिया प्यासफिक क्षेत्रका लाखौ मानिसहरुले सामाजिक सञ्जाल मार्फत कार्यक्रममा भाग लिएका थिए ।

प्रकाशित मिति: Jul 29, 2021

प्रतिक्रिया दिनुहोस्