Logo
२२ बैशाख २०८१, शनिबार
(July 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा भेटवार्ता

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवाता भएको छ ।

अध्यक्ष प्रचण्ड नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् । सत्तारूढ गठबन्धनमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति बनेपछि थप छलफल गर्न प्रचण्ड कोटेश्वर पुगेका हुन्।

गठबन्धनको सरकार गठन प्रक्रियामा निर्णायक भूमिका खेलेका नेता नेपाल समूहलाई प्रचण्डले सरकारमा ल्याउने प्रयास गरिरहेका छन्। तर, पार्टी एकतालाई पहल गर्ने निष्कर्षसहित नेता नेपाल सरकारमा नजाने बताउँदै आएका छन्।

यसअघि प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेर छलफल गरेका थिए।

प्रकाशित मिति: Jul 29, 2021

प्रतिक्रिया दिनुहोस्