Logo
३१ बैशाख २०८१, सोमबार
(July 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशका यी स्थानमा भारी बर्षा, सतर्कता अपनाउन आग्रह

मनसुनी न्युन चापिय रेखा नेपालको पश्चिमी तराई भूभाग नजिक रहेकोले देशभर सामान्य देखि पूर्ण बदलीको अवस्था छ।काठमाडौं उपत्यकामा पनि बदली भएर केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज देशभर सामान्यदेखि पूर्ण बदली भएर प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ठूलो वर्षा भएपनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारी बर्षाको सम्भाबना रहेका स्थानहरुमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २० दशमलव ४ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २५ देखि २७ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ५ बजेर २४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५७ मिनेटमा हुनेछ ।

प्रकाशित मिति: Jul 27, 2021

प्रतिक्रिया दिनुहोस्