Logo
२० बैशाख २०८१, बिहीबार
(July 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज उपत्यकाका सिडियोहरुको बैठक, निषेधाज्ञा थप्ने तयारी

काठमाडौंमा जारी निषेधाज्ञाबारे छलफल गर्न उपत्यकाका तीन ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्दैँ छ ।

कोरोना संक्रमणको जोखिम अझै कायमै रहेकाले  उपत्यकामा निषधाज्ञा थप गर्ने तयारी भइरहेको उच्च स्रोतले जानकारी दिएको छ ।

आज बस्ने ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञाबारे थप निर्णय गर्ने छ । बैठक आज ४ बजे बस्ने बताइएको छ ।

पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ । यस अघि केही खुकुलो गर्दै निषेधाज्ञा थपिएको थियो । साथै काठमाडौं प्रशासनले स्वास्थ्यका मापदण्ड पालना गर्दै लामो तथा मध्यम दूरीका सवारीसाधनलाई सञ्चालन गर्नका लागि अनुमति पनि दिइसकोको छ ।

प्रकाशित मिति: Jul 25, 2021

प्रतिक्रिया दिनुहोस्