Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनआईसी एशिया बैंक २४ वर्षमा प्रवेश, मुलुकको नम्बर वान बन्ने लक्ष्य !

एनआईसी एशिया बैंक २४ वर्षमा प्रवेश गरेको छ । आज कै दिन २४ वर्ष अघि देशकै सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्ने उद्देश्यसहित स्थापना भएको बैंक २३ वर्ष पुरा गरी २४ वर्षमा प्रवेश गरेको हो ।

वार्षिकोत्सवको अवसरमा विज्ञप्ती जारी गर्दै बैंकले आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रयमास सम्म आइपुग्दा वासलातको आकार, कर्जा प्रवाह, निक्षेप, स्वपुँजीमा प्रतिफल, शाखा सञ्जाल तथा एटीएमको संख्या लगायतका अधिकांश प्रमुख वित्तीय एवं गैर वित्तीय परिसूचकहरूमा अग्र स्थानमा रहेको दावी गरेको छ ।

२४ वर्षसम्ममा आइपुग्दा बैंकको शाखा संजाल ३५६, ७० विस्तारित काउण्टर, ८१ शाखा रहित बैंकिङ्ग सेवा तथा ४७१ एटीएम मार्फत आफ्ना २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरु मार्फत ग्राहकहरू माझ गुणस्तरिय सेवा प्रवाह गर्न सफल भएको र मुलुकको नम्बर वान बन्ने बैंकले जनाएको छ ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ अगाडि बढेको बैंकले सबैले गर्व गर्न सक्ने स्तरको सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै सबैको पहिलो रोजाइको बैंक बन्न मन, वचन र कर्मले सदा सर्वदा लागि पर्ने संकल्प विज्ञप्ती मार्फत जाहेर गरेको छ ।

बैंकले सर्वसाधारण शेयरधनीको सुरुवाती एक कित्ता पब्लिक सेयरको मूल्य हाल १३ हजार ६ सय ६२ हुन पुगेको छ, जुन सुरुवाती लगानी रकमको करिब १ सय ३६ गुणाको वृद्धि भएको पनि जनाएको छ । त्यसैगरी, देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा गरी प्रत्यक्ष र अप्रत्यक्ष १५ अर्ब ७३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गर्न हामी सफल भएको पनि बैंकको दावी छ ।

कोभिड-१९बाट सृजित असहज परिस्थितिमा बैंकले आ।व। २०७७/७८ मा कर्जातर्फ ५२ प्रतिशत (८९ अर्ब ४१ करोड) तथा निक्षेपतर्फ ४२ प्रतिशत ९८८ अर्ब ९६ करोड) वृद्धि गरेको छ । कर्जा तथा निक्षेप वृद्धिमा आ।व। २०७७/७८ मा समग्र बैंकिङ्ग क्षेत्र तर्फको कर्जा तथा स्वदेशी निक्षेपको वार्षिक वृद्धि रकमको क्रमशः १२.६६ प्रतिशत तथा १३.५८ प्रतिशत बजार हिस्सा हासिल गरेको बैंकले जनाएको छ ।

हाल डिजिटल फर्स्टको रणनीतिअनुसार डिजिटल माध्यमलाई पहिलो प्राथमिकता दिई आफ्ना बैंकिङ्ग सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेकोमा यसलाई थप विस्तारित बनाउँदै जुनसुकै स्थानबाट, जुनसुकै समयमा पनि बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्फ तथा लाइफ स्टाइल बैंकिङ्गको अवधारणा अपनाएको जनाएको छ ।

 

प्रकाशित मिति: Jul 22, 2021

प्रतिक्रिया दिनुहोस्