Logo
८ श्रावण २०७८, शुक्रबार
(July 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मकवानपुरमा लागूऔषध ओसारपसार आरोपमा १५१ पक्राउ, ९९ मुद्दा दर्ता

लागु औषध ओसारपसारमा संलग्न भएको आरोपमा आर्थिक वर्ष २०७७/७८ मा मकवानपुरमा १५१ जना पक्राउ परेका छन् ।
तीमध्ये १३९ नेपाली पुरुष, नौ नेपाली महिला र तीन भारतीय पुरुष छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार असार महिनामा ३६, चैतमा २२, जेठमा १५, पुसमा १४, फागुनमा १३ र कात्तिकमा १० जना पक्राउ परेका र सो अभियोगमा ९९ वटा मुद्दा दर्ता गरिएको थियो ।

एक वर्षभित्र एक हजार ७९० किलो गाँजा, साढे २३ किलो चरेस, १४ ग्राम खैरो हिरोइन र १४ किलो ७५० ग्राम अफिम बरामद गरिएको प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

त्यसै गरी सात हजार ३४७ ट्याब्लेट नाइट्रोभेट, ३०९ ट्याब्लेट डाइजेपाम, २९९ ट्याब्लेट फेनारगन र ३०७ ट्याब्लेट नोर्फिन बरामद गरिएको उनले बताए।

प्रहरीले २९६ बोतल कोरेक्ससमेत बरामद गरेको थियो ।

प्रकाशित मिति: Jul 21, 2021

प्रतिक्रिया दिनुहोस्