Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

८१ किलो ३५० ग्राम गाँजासहित ट्रक र चालक पक्राउ

वागमती प्रदेश अन्तरगत मकवानपुरमा  ८१ किलो ३५० ग्राम गाँजासहित एक ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने चालकमा राक्सिराङ गाउँपालिका-४ का ४२ वर्षीय बाबुराम नेगी रहेका छन् । बुधवार बिहान प्रहरीले ८१ किलो ३५० ग्राम गाँजासहित ना८ख ८२८४ नम्बरको ट्रक र चालकलाई पक्राउ गरेको हो।

मनहरी गाउँपालिका-८ सिमपानीमा रोकिराखेको उक्त ट्रकमा चेकजाँच गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति: Jul 21, 2021

प्रतिक्रिया दिनुहोस्