Logo
५ जेष्ठ २०८१, शनिबार
(July 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थायी कमिटी बैठक रोकौं भनेर पुगे नेपाल पक्षका भीम रावलसहित ५ नेता

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू स्थायी कमिटी बैठक भइरहेको स्थलमा बैठक रोकौं भनेर पुगेका छन् ।

च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओलीसहित उनी पक्षका नेताहरूको बैठक बसिरहेका बेला नेपाल पक्षका नेताहरू पनि पुगेका हुन्।

बैठकस्थलमा उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र भीम आचार्य पुगेका छन्।

उनीहरूले आफूहरू बैठकमा सहभागी हुन नभई बैठक रोकौं भन्नका लागि आएको बताए।
रावलले भने,‘होइन, बैठक रोकौं भनेर आएका हौं।’ बैठकस्थलमा पुगेका नेताहरूमध्ये भीम आचार्यबाहेक सबै पार्टी विवाद समाधान कार्यदलका सदस्य हुन्।

कार्यदलमा सदस्य रहेका रघुजी पन्त भने बैठक स्थलमा गएका छैनन्।यसअघि बैठक सुरू गर्दै अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलामा असन्तुष्टि जनाएका थिए ।  उनले न्याय पाउने ठाउँबाटै अन्याय भएको बताएका थिए।

बैठकमा ओलीले भने, ‘न्याय पाउने ठाउँबाट अन्याय भयो हामी कत्ति पनि नआत्तिएर जनतामा जान्छौं । पार्टीका नीति र विचार लिएर जान्छौं । अबको प्राथमिकता संगठन र संघर्ष हो ।’

प्रकाशित मिति: Jul 16, 2021

प्रतिक्रिया दिनुहोस्