Logo
५ जेष्ठ २०८१, शनिबार
(July 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल पक्ष नजाने, नयाँ पार्टी गठनका लागि ‘कसरत’ !

नेकपा एमाले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल पक्ष नजाने भएको छ।

सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार बैठक बोलाएका छन् । नेपाल पक्षका सांसद तथा केन्द्रीय सदस्य मेटमणि चौधरीले बैठकमा नजाने सल्लाह भएको जानकारी दिए।

पुनःस्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

बैठकमा नेपाल पक्षका सांसदलाई पनि खबर गरिएको उनले जानकारी दिए ।

यसैबीच, एमालेभित्रको नेपाल समूह नयाँ कम्युनिष्ट पार्टी गठनका लागि दौडधूपमा लागेको छ ।

प्रधानमन्त्रीबाट नेपाल समुहकै हस्ताक्षरका कारण अपदस्थ भएका ओलीले नेपाललाई नस्वीकार्ने सार्वजनिक अभिव्यक्ती दिएसँगै नेपाल माओवादी केन्द्र, विप्लव समुहसहितको कम्युनिष्ट पार्टीको गठनमा लागेको स्रोतको दावी छ ।

बिहीबार मात्रै नेपाल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विप्लवबीच यसबारे कोटेश्वरमा छलफल भएको बताइएको छ ।

भर्खरै मात्रै प्रधानमन्त्री भएका शेरबहादुर देउवाले नेपाललाई बुधबार भेटेर दल बिभाजन गर्न सघाउ गर्ने आश्वासन दिएका थिए ।

आश्वासन पाएलगत्तै अब ओलीसँगै एमालेमा एक हुने सम्भावना टरेको निष्कर्शका साथ नेपाल बृहत कम्युनिष्ट पार्टीको निर्माणमा लागेको नेपाल निकट स्रोतले बतायो ।

प्रकाशित मिति: Jul 15, 2021

प्रतिक्रिया दिनुहोस्