Logo
५ जेष्ठ २०८१, शनिबार
(July 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीलाई पर्यटन विदा माग गर्दै दायर रिट सर्वोच्चमा दरपीठ

प्रहरीलाई पर्यटन विदा माग गर्दै दायर भएको रिट सर्वोच्च अदालतमा दरपीठ भएको छ ।

ओली सरकारले बजेटमार्फत निजामती कर्मचारी, संस्थान र प्रतिष्ठानका कर्मचारीलाई उपलब्ध गराएको १० दिनको तलवसहितको पर्यटन विदा नेपाल प्रहरी र सशस्त्र प्रहरी कर्मचारीले पनि पाउनुपर्ने माग गर्दै अधिवक्ता डा. गणेश रेग्मीले सर्वोच्चमा रिट दिएका थिए ।

सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले उक्त रिट मर्का पर्ने पक्षबाटै नआएको भनी दरपीठको आदेश दिएका हुन् । उनले अन्य सेवाका कर्मचारीले पाए सरह प्रहरीले विदा नपाएको र सञ्चित विदा लिन नपाएको कुरामा मर्का पर्ने प्रहरी कर्मचारीले निवेदन लिई आउनुपर्नेमा सरोकार नै नभएका निवेदकले सार्वजनिक हक र सरोकारको विवाद भनी अदालत आएकोले दर्ता गर्न नमिल्ने आदेश गरेका छन् ।

दरपीठ आदेश

प्रकाशित मिति: Jul 15, 2021

प्रतिक्रिया दिनुहोस्