Logo
१५ बैशाख २०८१, शनिबार
(July 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अख्तियारद्वारा प्रहरी हवल्दारसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी हवल्दारसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

आयोगले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवल्दार तारा कुमारी श्रेष्ठसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

हिरासतमा रहेको व्यक्तिलाई धरौटीमा छुटाइ दिन्छु भनी ६० हजार रुपैयाँ घुस लिएको आरोपमा प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठ, श्रेष्ठको लागि पैसा लिने अनिश जोशी र विमानस्थल भन्सार कार्यालयका कर्मचारी राम खड्काविरुद्ध अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

गत फागुन २३ गते घुस रकम ६० हजार रुपैयाँसहित अख्तियारको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।प्रहरी हवल्दार श्रेष्ठसँग ६० हजार रुपैयाँ बिगो माग गरिएको छ ।

थुनामा रहेका व्यक्ति छुटाउन पैसा लिने अनिश जोशी र विमानस्थल भन्सार कार्यालयका कर्मचारी राम खड्कासँग ३०/३० हजार बिगो माग गरिएको छ ।

पक्राउ परेका उनीहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम बिगो माग गरिएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ बमोजिम मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायण रिसालले जानकारी दिए ।

 

प्रकाशित मिति: Jul 15, 2021

प्रतिक्रिया दिनुहोस्