Logo
४ जेष्ठ २०८१, शुक्रबार
(July 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवालाई भेटेर दिए अमेरिकी राजदूत बेरीले बधाई

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटर्वाता भएको छ । प्रधानमन्त्री देउवालाई राजदूत र्‍याण्डी बेरीले भेटेरै बधाई दिएका छन् ।

अमेरिकी राजदूत बेरी भेट्न प्रधानमन्त्री देउवालाई बिहीबार बिहान देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।ट्वीटरमार्फत् भेटको तस्वीरसँगै प्रधानमन्त्री देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल–अमेरिकाबीचको मित्रता र साझेदारी थप सुदृढ गरिने बेरीले उल्लेख गरेका छन् ।

भेटमा राजदूत बेरीले प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिंदै उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेको देउवाको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: Jul 15, 2021

प्रतिक्रिया दिनुहोस्