Logo
५ जेष्ठ २०८१, शनिबार
(July 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटार जग्गा प्रकरण : गच्छदारको थुनछेक बहस सकियो, अब के आउला आदेश ?

पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारको थुनछेक बहस विशेष अदालतमा सकिएको छ।

बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गर्ने काममा मन्त्रिपरिषदमा प्रस्ताव लैजाने कार्य गरेको आरोप खेपिरहेका गच्छदार आज अदालतमा हाजिर भएका थिए।

बुधबार अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेय रहेको इजलासमा थुनछेक बहस सकिएको हो।

गच्छदारको तर्फबाट वरिष्ठ अधिवक्ताहरु महादेव यादव, हरिहर दाहाल, कृष्णप्रसाद सापकोटा, अधिवक्ता ललित बस्नेत र मधुर पाठकले बहस गरे।

उनीहरुले विभागीय मन्त्रीका हिसाबले फाइल मन्त्रिपरिषदमा पेसमात्रै गरेको भन्दै गच्छदारको बचाउ गरे।

मन्त्रिपरिषदमा प्रस्ताव मात्रै लगेको र भ्रष्टाचारको कसुर नगरेको उनीहरुको जिकिर थियो।

गच्छदारलाई धरौटी लिने वा थुनामा पठाउने काम नगर्न गच्छदारको तर्फबाट बहसमा सहभागी वकिलहरुको माग थियो।

उनीहरुले बहसमा भने, ‘साधारण तारेखमा राखेर मुद्दाको फैसला गरियोस्।’

सरकारी वकिलतर्फबाट एक जना वकिलले बहस गरेका थिए।

अब थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा राख्ने भन्ने विशेष अदालतले केहीबेरमा आदेश गर्दै छ।

प्रकाशित मिति: Jul 14, 2021

प्रतिक्रिया दिनुहोस्