Logo
४ जेष्ठ २०८१, शुक्रबार
(July 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवालाई शुभकामना दिन भारतीय राजदूत क्वात्रा पुगे बुढानीलकण्ठ

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन् ।

आज राजदूत क्वात्रा देउवा निवास बुढानीलकण्ठ पुगेर बधाइ दिएका हुन् ।दूतावासका अनुसार बधाई ग्रहण गदै प्रधानमन्त्री देउवाले आफूले भारतको साथ मिलेर काम गर्न चाहेको र भारतको सदैव सहयोग रहने अपेक्षा गरिएको धारणा राखेका थिए ।

सम्पूर्ण भारत जनताको तर्फबाट बधाई ग्रहण गर्न राजदूत क्वात्राले आग्रह गरेका थिए । बधाई दिने क्रममा क्वात्राले नेपाल-भारतको सम्बन्धलाई अझै बलियो बनाउन दुई देशको साझा स्वार्थमा मिलेर काम गर्ने धारणा राखेका थिए ।

नेपालको विकास र समृद्धिमा भारत सधैँ सहयोगी भएर काम गर्न तयार रहेको र देउवाको कार्यकालमा सम्बन्ध र सहकार्य बलियो हुने विश्वास व्यक्त गरेको धारणा उनले राखेका थिए ।

 

प्रकाशित मिति: Jul 14, 2021

प्रतिक्रिया दिनुहोस्