Logo
५ जेष्ठ २०८१, शनिबार
(July 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई करोड बढी डोज खोप खरीद प्रक्रियाको टुंगो लगाएको छु : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसविरुद्धको दुई करोड डोजभन्दा बढी खोप खरीद प्रक्रियाको टुंगो लागेको बताएका छन्।

मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोप खरीद प्रक्रियाको टुंगो लागेको दाबी गरेका हुन्। उनले अमेरिकी कम्पनी जोनसन एन्ड जोनसनसँग ५० लाख डोज, मोडर्ना र फाइजरसँग ४०-४० लाख डोज तथा कोभिशिल्ड/अस्ट्राजेनेकाबाट २० लाख गरी एक करोड ५० लाख डोज खोप सहुलियत मूल्यमा खरीदको टुंगो लागिसकेको दाबी गरे।

त्यस्तै, चीनसँग पनि थप ६० लाख खोप खरीदको टुंगो लागेको बताए। यद्यपि, यी खोप कति मूल्यमा खरीदको टुंगो लागेको हो र कहिले आपूर्ति हुनेछ भन्ने उनले खुलाएनन्। तर, यी कम्पनीहरूले भने अहिलेसम्म नेपाललाई खोप दिने विषयमा सार्वजनिक रूपमा केही उल्लेख गरेका छैनन्।

प्रकाशित मिति: Jul 13, 2021

प्रतिक्रिया दिनुहोस्