Logo
५ जेष्ठ २०८१, शनिबार
(July 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महान्यायाधिवक्ता रमेश बडालले पदबाट दिए राजीनामा

महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । बडालले नयाँ प्रधानमन्त्री नियुक्तिअघि नै आफूले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको जानकारी दिएका छन् ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरी नयाँ प्रधानमन्त्री नियुक्तिको परमादेश दिएपछि आफूले राजीनामा गरेको बडालले बताए।

बडालले सरकारको कानूनी सल्लाहकारका रुपमा गत चैत ८ गते नियुक्त भई तीन महिना २१ दिन काम गरेका छन् । बडालको आजै महान्यायाधिवक्ता कार्यालयमा बिदाइ कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति: Jul 13, 2021

प्रतिक्रिया दिनुहोस्