Logo
५ जेष्ठ २०८१, शनिबार
(July 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवा प्रधानमन्त्री बन्ने भएसँगै बालुबाटार छाड्ने तयारीमा ओली

आज सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपती कार्यालयलाई आदेश दिएसँगै कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले बालुबाटार छाड्ने तयारी गरेका छन् ।

ओलीले पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकपछि मात्रै बालुवाटार छोड्ने भएका हुन् ।

स्थायी कमिटी बैठक भने आज सोमबार केहीबेरअघि सुरु भएको छ भने केन्द्रीय कमिटी बैठक भोलि मंगलबार मात्रै बस्ने छ । ‘प्रधानमन्त्रीज्यूले नियमानुसार सबै कुराहरु हस्तान्तरण गरेर बालुवाटार छोडेर जानुहुन्छ,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।

प्रकाशित मिति: Jul 12, 2021

प्रतिक्रिया दिनुहोस्