Logo
५ जेष्ठ २०८१, शनिबार
(July 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले बोलएको स्थायी कमिटी बैठकमा सहभागी हुन भीम रावल बालुवाटारमा

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष भीम रावल अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन्।

नेता नेपालले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई बदर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशको स्वागत गरेका थिए।

उनले आफू ओलीले बोलाएको बैठकमा सहभागी नहुने यसअघिनै जानकारी दिएका थिए। नेता नेपालको कोटेश्वरस्थित निवास विपक्षी गठबन्धनको बैठक बसिरहेका बेला रावल बालुवाटार पुगेका हुन्।

बालुवाटार स्थायी कमिटी बैठक बसिरहेको छ। बैठक साँझ पाँच बजेका लागि बोलाइएको थियो।

एमाले विवाद समाधान कार्यदलमा रहेका नेपालनिकट अर्का नेता सुरेन्द्र पाण्डेले पनि आफू बालुवाटार बैठकमा जाने बताएका थिए।

प्रकाशित मिति: Jul 12, 2021

प्रतिक्रिया दिनुहोस्